images

देउवाले नेपाललाई भने- प्रचण्डले धोका दिए, हामी मिलेर जाऔं

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई मिलेर जान आग्रह गरेका छन् । तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएकाले मिलेर जानु पर्ने बताएका हुन् ।

बुधबार माधव नेपाल निवास कोटेश्वर पुगेका देउवाले उक्त प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्री प्रचण्डले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ देउवाको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।

यसको जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिए । माधव नेपालको आजको बैठकमा कुरा राखेर छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

हिजो मात्रै नेता नेपाललाई भेट्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।