images

प्रचण्ड सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गर्ने

काठमाडौं– नेकपा एमालेले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । नयाँ गठबन्धन बनेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा महासेठ एमालेको नेतृत्व जिम्मेवारी पाएका हुन् ।

महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । नेकपा एमालेले ८ मन्त्रालयको जिम्मेवारी पाएको नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरूकाे नाम टुंगाे लगाए पनि महासेठ बाहेक अन्य मन्त्रालयकाे जिम्मेवारी टुंग्याएकाे छैन ।

यद्यपी दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्री बनाउने एमालेले निर्णय गरिसकेको छ ।

नेकपा एमालेबाट पदम गिरीले यस अघि नै बिना विभागीय मन्त्री पदको शपथ लिइसकेका छन् ।