images

एमाले महाधिवेशन प्रतिनिधि परिषदको बैठक अगामी वैशाख ८ र ९ गते बोलाइयो

काठमाडौं–सत्तारुढ दल नेकपा (एमाले) ले आगामी वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय सुनाउँदै भने ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।’
एमालेले पार्टीको ७५ औं स्थापना दिवस मनाउँदै छ । यसै सन्दर्भमा उसले दशैभरबाट अगुवा कार्यकर्ता समेत बोलाउने भएको छ ।

एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्।