images

बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु (भिडियो सहित)

काठमाडौं– महाशिवरात्रि पर्व हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वका हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदैं आएको छ । मुलतः नवरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखी मुख्य रुपमा मनाइदै आइएको छ । विशेष गरी महाशिवरात्रिलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गर्ने, उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापी जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किंम्बदन्ति भनाइ रहेको छ ।

महाशिवरात्रिको अवसर पारेर जय जय शम्बु भजन  सार्वजनिक गरिएको छ । देवादिदेव भगवान महादेवका यिनै महत्व सहितको अत्यन्त श्रवणीय भजनमा बबिना भट्टराईले आफ्नो मधुर संगीत दिएकी छिन् भने, बैकुण्ठ प्रधानले स्वर भरेका छन् । उक्त भजनको शब्द दिनेश खनालको रहेको छ ।

विशेष अवसरमा वीणा भक्ति आध्यात्मिक युट्व च्यानल मार्फत सार्जनिक गरिएको हो । उक्त भजनमा ऐरेन्ज रुविन कुमार श्रेष्ठको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

महाशिवरात्रीको सन्दर्भ विशेषमा आएको शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायक बैकुण्ड प्रधानले बताए ।
हेर्नुहोस् भिडियो