images

कोशीमा केदार कार्की नेतृत्वको सरकारले निरन्तरता पाउने कांग्रेसको निष्कर्ष

काठमाडौं–केन्द्र सरकारमा बदलिएको समीकरणसँगै प्रदेश सरकारमा समेत सरकार बदल्नका लागि गृहकार्य भइरहेको छ । तर कोशीमा भने मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले नै निरन्तरता पाउने कांग्रेसले निष्कर्ष निकालेको छ ।
बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शीर्ष नेतृत्वको छलफलले उक्त निष्कर्ष निकालेको हो । उक्त छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए ।
छलफलपछि महामन्त्री गगन कुमार थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोसी प्रदेशको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।
महामन्त्री थापाले भने,‘न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ, न अविश्वासको प्रस्ताव ल्याउन मिल्छ भनेर मुख्यमन्त्री कार्कीले तर्क र दलिल प्रस्तुत गर्नुभयो । हामी सबैको निष्कर्ष पनि त्यही नै रह्यो ।’