images

सुन तस्करी प्रकरण: सहसचिवदेखि सिआइबी प्रमुखसम्मलाई कारबाही गर्न सिफारिस 

काठमाडौं–सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीदेखि सिआइबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।
सहसचिव अधिकारीको सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबिच वि च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
त्यसैगरि आयोगले सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । उनीहरूले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्युरोमा उपस्थित गराएर समेत छाडेको उनीहरूको माथि आरोप छ ।