images

दुर्गा प्रसाईँका बडिगार्ड हतियारसहित पक्राउ

काठमाडौं–सर्वाेच्च अदालतबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् । सोमबार सर्वोच्च अदालत परिसरबाट प्रसाईँका बडीगार्ड हतियार सहित पक्राउ परेका हुन् ।
अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीम ढकालले जानकारी दिए ।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको जनाएको छ ।