images

मुन प्रसाईँ (जुनु)को स्वरमा “जीवन यो हाम्रो” सार्वजनिक

काठमाडौं–नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरू आउने क्रम बढे सँगै कलाकारहरूले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्।
जीवन यो हाम्रो दुई दिने चोला घाम र छाया हो, मरेर लैजानु के नै रहिछ र बाच्ने त माया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जीवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक भएको छ । “जीवन यो हाम्रो” नामक गीतमा मुन प्रसाईँ (जुनु)को स्वर रहेको छ भने डा. विष्णु ईङनाम (लिम्बु)को शब्द, बिशान मुकारुङको सङ्गीत रहेको छ । यस गीतको भिडियोमा उजाड योङहाङ लिम्बुको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायाङ्कन तथा सम्पादन, रोशन धितालको रङ्ग संयोजन रहेको छ । यस गीतको निर्माता तारा लिम्बु सोदेम्बा रहेका छन् ।
उक्त गीतको भिडियोमा मनु प्रसाईँ (जुनु) र कला शिवाको अभिनय रहेको छ भने राम बहादुर बमजन अतिथि कलाकारको रूपमा देखा परेका छन् । यस गीतलाई तारा म्युजिक केरेसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडिओ