images

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । पोखराको सूर्य दर्शन सहकारी र गोर्खा मिडिया प्राविका रकम अपचलन गरेको भन्दै उनको राजीनामा माग गरेको हो ।
मंगलबार प्रतिनिधि सभाको बैठक मार्फत कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको हो । लामिछाने गोरखा मिडिया नेटवर्कका सञ्चालक जीवी राईको प्रमुख साझेदार भएको भन्दै कांग्रेसले उनको तत्काल राजीनामा माग गर्न आग्रह गरेको हो । त्यसैसरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फायर साइडमा नभई संसदमा उभिएर प्रधानमन्त्रीले जवाफ दिन समेत माग गरेको छ ।
कांग्रेस सांसद दीपक गिरीले भने, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’