images

रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन हुनुपर्छः लेखक

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानविन गर्नेमा आशंका व्यक्त गरेका छन् । उनले प्राप्त प्रमाण हुँदा हुँदै पनि प्रधानमन्त्री प्रचण्डले त्यसको बचाउ गरेको भन्दै आपत्ती जनाए ।

उनले सदनभित्रैबाट छानविन समिति गठन गर्नु पर्ने बताए । उनले हाउसको कामलाई अवरोध नगरेको प्रष्ट पारे । उनले गम्भीरता पूर्वक कुरा उठाउँदा उठाउँदै पनि हाउस अवरुद्ध भएको अवस्थामा सरकारले नै हाउस अवरुद्ध गरेको मानिने बताए । उनले संसदीय समिति गठन गरेर निश्पक्ष छानविन गरिने दाबी गरे ।

उनले भने, ‘विवादास्पद मन्त्री भएपछि राजिनामा दिने चलन छ । खै त गृहमन्त्रीले राजिनामा दिएको खै ? प्रधानमन्त्रीलाई गलत सूचना दिइदै छ । उहाँलाई जानकारी नै छैन ।’

लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू पोखरा जादा तपाईंले पीडित भेटेको हो होइन ?’ पीडितले जाहेरी दिएका छन् । प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ ।’

यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट जवाफ दिँदै रवि लामिछाने सहकारी प्रकरणमा दोषी नरहेको भन्दै बचाउ गरेका थिए।