images

भोजपुरका आगलागी पीडितलाई राहत वितरण

भोजपुर–कोशी प्रदेश सरकारले भोजपुर हतुवागढीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
स्थलगत अनुगमनका लागि हतुवागढी पुगेका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले आगलागीमा परी मृत्यु भएका परिवारलाई एक–एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई छिटो र सहज तरिकाले घरमै राहत उपलब्ध गराइएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
गत चैत ३ गते हतुवागढी गाउँपालिका–७ पात्ले पानीमा भएको आगलागीमा परी २ परिवारका तीन बालबालिकाको मृत्यु भएको थियो ।