images

सर्लाही तीन सय बढी विपन्न परिवारलाई ग्याँस चुल्हो र सिलिन्डर वितरण 

काठमाडौं– गुइँठा र दाउराको प्रयोगबाट महिलाको स्वास्थ्यमा परेको प्रभावलाई मध्यनजर गर्दै सर्लाहीका ३ सय बढी विपन्न परिवारलाई ग्यास चुलो सेट र सिलिन्डर वितरण गरिएको छ ।

महिला सशक्तीकरण अभियान अन्तर्गत धुवा रहित भान्सा बनाउने उद्देश्यका साथ ग्यास चुलो सेट र सिलिन्डर वितरण गरिएको हो ।

नेपाल सरकार र गैर सरकारी सङ्घसंस्थाको संयुक्त सहयोगसँगै सचेतनामूलक कार्यक्रमबाट मात्रै तराईका ग्रामीण भेगका भान्सा धुवाँमुक्त बनाउन सकिने प्रतिनिधि सभा सदस्य चन्दा चौधरी बताइन् । उनले १२ वटा वडाहरू रहेको यस पालिकामा हजारौँ विपन्न परिवारको बसोबास रहेकोले ३ सय ३० वटा ग्यास पर्याप्त नभएकाले थप सहयोगका लागि पहल समेत गरिन् ।

यसअघि मैत्री समाजले भारत सरकारकै सहयोगमा जिल्लाको कौडेना गाउँपालिकामा ५ सय विपन्न परिवारलाई ग्यास चुलो सेट र सिलिन्डर वितरण गरिसकेका छन् ।