images

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

काठमाडौं–अछामको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । सोमबार बिहान  ९ बजे  मेल्लेख गाउँपालिका वडा नं ७ , सुएडीमा ट्याक्टर दुर्घटनामा परेको थियो ।
 सू.प.०१००२ त ४९७९ नं को ट्याक्टर दुर्घटना हुँदा  अछाम ऋषि दह निवासी मेल्लेख गाउँपालिका- ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय  जनक धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
 दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएका छन् । घाइते नाम खुल्न नसकेका ३ जनालाई उपचारको लागि जिल्ला अछाम बयालपाटा अस्पतालमा  लगिएको प्रहरीले जनाएको छ ।