images

पाल्पामा नुहाउन गएकी किशोरीको हत्या

काठमाडौं– पाल्पामा नुहाउनका लागि पँधेरो गएकी एक किशोरीको हत्या भएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याकख्याक १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । भैरहवाबाट तालिम प्राप्त कुकुर घटनास्थल ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।