images

नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनका लागि टुङ्गायो उम्मेदवार

काठमाडौं– नेकपा एकीकृत समाजवादीले टुङ्ग्यायो उपनिर्वाचनका लागि उम्मेदवार, इलाम–२ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंह उम्मेदवार ।

नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुङ्ग्याएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जीतबहादुर एकीकृत समाजवादी इलामका सचिवालय सदस्य हुन् ।

राई अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । एमाले, माओवादी केन्द्र र रास्वपाले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।