images
images

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौं– भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका पूर्व मन्त्री एवम् एमालेबाट निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

उनलाई मुटुको समस्या भएपछि मनमोहन अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ ।

बिहीबार बिहान ८ः३० मा अस्पताल लगिएको हो । उनलाई मिनी हर्ट अट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने जनाएका छन् ।