images

आरजू राणाको हाइपर थाइराइडिज्मको शल्यक्रिया सम्पन्न

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर पत्नी एवम् कांग्रेस नेतृ डा। आरजू राणा देउवाको हाइपर थाइराइडिज्मको शल्यक्रिया गरिएको छ । भारत भ्रमणमा रहेकी राणाको बुधवार भारतको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको उनको सचिवालयले जनाएको छ ।

डा राणाका स्वकीय सचिव कमल रावलले एक प्रेस विज्ञप्ति जारी गर्दै राणा सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएर भारतमा नियमित फलोअफ उपचारका लागि गएकी थिइन् । राणाको भारतको राजधानी नयाँ दिल्ली स्थित म्याक्स हस्पिटल सकेटमा शल्यक्रिया भएको रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डा राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिन अस्पतालमै बस्नु पर्ने चिकित्सकहरूले जनाएका छन् ।

हेर्नुहाेस् विज्ञप्ति