images

डाक्टर प्रतिभा धौभडेल झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं– डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत डा।धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

३४ वर्षीया डा.धौभडेल सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।  उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिभाका श्रीमान् पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।