images
images

दुर्गा प्रसाईँलाई हतियार राख्न अनुमति दिएको विषयमा गृहले बनायो छानबिन समिति

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाँईंलाई हतियार राख्न दिएको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

मन्त्रालयकै कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी समितिका सदस्य छन्।

जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईँको नाममा इजाजत पत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजत पत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ।

यस्तै, व्यक्तिगत रूपमा इजाजत पत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने पनि भनिएको छ। दुर्गा प्रसाईँका दुई जना बडीगार्ड अत्याधुनिक हतियार सहित सर्वोच्च अदालतबाट पक्राउ परेसँगै यो विषय चर्चामा आएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS