images

बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार, एकीकृत समाजवादीकी रमा आले विना विभागीय मन्त्री

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्री पदको शपथ लिएकी हुन् ।

मङ्गलवार बिहान मन्त्री आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिए लगत्तै सोमबार साँझ आलेलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् । उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् ।

१२ मन्त्रालय रहेको बागमती प्रदेशमा मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ तथा हाम्रो नेपाली पार्टीका १ जना मन्त्री रहेका छन् ।