images

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन नाउपाको भर

काठमाडौं–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आज विश्वासको मत लिन लागेका हुन् । एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाह आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी ९नाउपा० भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

 

विश्वासको मत पाउने टुङ्गो नभएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा बस्ने बैठकमा शाहले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् ।