images

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

काठमाडौं– गायक राजेश पायल राईसहित तीन जना कलाकार पक्राउ परेका छन् । गए राति २ बजे काठमाडौंको मदन भण्डारी कलेजनजिकबाटै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पान गरेर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीको सरुवा गर्ने धम्की दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँच जना पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।