
काठमाडौं–गायक राजेश पायल राई छुटेका छन् । सडकमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका राई छुटेका हुन् । मदिरा पान गरेर सडकमा होहल्ला गरेको आरोपमा प्रहरीले राईसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार स्थानीयले गायक राईलगायतको समूहले सडकमा होहल्ला गरेको गुनासो गरेका थिए ।
त्यसपछि गायक राईसहित केहीलाई नियन्त्रणमा लिइएकोमा अहिले आफन्तको जिम्मा लगाएको एसपी अधिकारीले जानकारी दिए । गायक राईलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको थियो ।