images

सुनसरीमा गोली चल्यो, प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं– सुनसरीको भुटाहामा दुई समूहबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले भीडलाई नियन्त्रण गर्न  ६ राउन्ड हवाई फायर गरेको छ ।

हरि नगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्र रूप लिएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको हो । प्रहरीले ११ राउन्ड अश्रूग्यास पनि प्रहार गरेको छ जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुई समूहबिच झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले अनिश्चित कालीन निषेधाज्ञा जारी गरेको छ ।

दुई पक्षबिचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको कोसी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले जानकारी दिए ।