images

प्युठानका युवाहरु ‘परिवर्तन सुरुवातका लागि म’ अभियानमा

प्युठान । प्युठानका युवाहरुले सार्वजनिक निकायलाई चुस्तदुरुस्त बनाउन ‘परिवर्तन सुरुवातका लागि म’ भन्ने अभियान सुरु गरेका छन् ।

सेवाग्राहीको गुनासोका आधारमा सार्वजनिक सेवालाई सहज र सरल बनाउन युवाहरुले रचनात्मक दबाब दिने योजनासहित अभियान थालेका हुन् । अभियानको पहिलो दिन मंगलबार उनीहरु हाम्रो चासो हाम्रो स्वस्थ्य हाम्रै गुनासो भन्ने नाराका साथ जिल्ला अस्पताल प्यूठान पुगेका छन् ।

आगामी ३ दिनसम्म युवाहरु अस्पतालमै रही सेवाग्रहीको गुनासोसँगै अस्पतालको सेवा प्रवाह शैली नजिकबाट नियाल्नेछन् । यो सँगै उनीहरुले त्यहाँबाट रिपोर्ट गरिएका गुनासा तथा अस्पतालको कमजोरी व्यवस्थापनका लागि सम्बन्धित निकायसम्म पुर्याउने छन् ।