images

काठमाडौं विश्वको प्रदूषित सहरको पहिलो सूचीमा

काठमाडौं– वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।

एअर क्वालिटी इन्डेक्सका अनुसार बुधवार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क एक्यूआई दुई सय ६५ पुगेको छ । एअर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौं विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा परेको छ । देशका विभिन्न ठाउँमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

वातावरण विभागका अनुसार बढ्दो डढेलोसँगै काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण पनि बढेको हो । बितेको तीन दिनमा देशका तीन सय ६७ ठाउँमा डढेलो लागेको छ । गर्मी बढ्नुका साथै तत्काल पानी पर्ने सम्भावना नरहेकाले डढेलोको जोखिम अझै धेरै रहेको डढेलो विज्ञ बताउँछन् ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यन्तै अस्वस्थ कर अवस्थामा पुगेकोले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा पनि अनिवार्य रूपमा मास्क तथा कालो चस्मा लगाएर निस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।