images

 रञ्जिताले गरिन रेशम पक्षका थप एक सांसदलाई निलम्बित 

काठमाडौं–नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । शुक्रवार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले  प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै घनश्यामलाई  ३ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको जनाएकी छिन् ।

चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा उल्लेख छ ।

यसअघि पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई समेत पार्टीबाट निलम्बित गरेकी थिइन ।

शुक्रवार बिहान घनश्यामको अध्यक्षतामा बसेको रेशम चौधरी पक्षका चार जना सांसदहरूको बैठकले लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । उक्त निर्णयमा चित्त नबुझेपछि श्रेष्ठले चौधरीलाई समेत निलम्बन गरेकी हुन् ।

May be an image of text