images
images

खानेपानी विभागको बदमासी, आशय मागमा एक प्रस्तावना अर्कै !

काठमाडौं–खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी आयोजनाको गुणस्तर परियोजनामाको टेन्डर आव्हानमा बदमासी गरेको पाइएको छ ।

खानेपानी विभाग पानी पोखरीले खानेपानीको गुणस्तर परीक्षण परियोजनाका लागि भन्दै डिसेम्बर एक तारिखमा आशय पत्रकाे माग गरेको थियो । उक्त परियोजना अन्तर्गत झापा,मोरङ,सुनसरी र उदयपुरका गरी चार जिल्लाका लागि खानेपानीको गुणस्तर परीक्षण गर्न भन्दै आशय पत्र जारी गरिएको थियो ।

उक्त आशय पत्रमा परामर्शदातासँग कम्तीमा विगतदेखि सात वर्षदेखिको पानीको नमुनाको भौतिक र रासायनिक, जैविक परिमितिको गुणस्तर परीक्षण गरेको र अनुभव अनिवार्य रूपमा हुनु पर्ने उल्लेख थियो ।

विभागले तोकेको मापदण्ड अनुसार ६ वटा कन्सल्टेन्सीले आशय पेश गर्दै सूचीकृत भएका छन् । जस अनुसार बिएन इकोर्ड नेपाल आरार्गन,सिभिल–टेक–ग्रो ग्राइड डब्ल्यु ईटीसी,कार्यकारी–आस्था–जिएससी,न्यास,पार्गन–नियात्रा–एसडब्लु एटी र युएन एसी–ई पिसी,एसडब्लु ई सी लगायतका संस्थाहरू सूचिकृत समेत भए ।

आशय पत्र माग गर्दा विभागले परामर्शदाताहरूसँग खानेपानी विश्लेषण सम्बन्धी सात वर्षको विशेष अनुभव हुनु पर्ने भनी जनाइएको थियो । त्यही अनुभवको आधारमा विभिन्न परामर्शदाताहरूलाई छनौट गरिएको देखिन्छ ।

तर विभागले आशय पत्रको माग विपरीत आशय पत्रमा उल्लेख नै नगरिएको बुँदा खानेपानी डिजाइन तथा सर्भेसम्बन्धी विशेष अनुभव भएको हुनुपर्ने उक्त अनुभव अन्तर्गतको मूल्याङ्कनको विशेष अङ्क छुट्टाई प्रस्ताव आव्हान गरिएकोमा विभिन्न सरोकारवालाहरूले आश्चर्य र चिन्ता व्यक्त गरेका छन् । आशयमा हुँदै नभएको विषय सुटुक्क प्रस्तावमा थपिनुले विभागका कर्मचारीहरू आफू अनुकूल परामर्शदातालाई दिन खोजेको भन्दै आवेदकहरूले आपत्ति जनाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS