images

आजदेखि विद्यार्थी भर्ना अभियान शुभारम्भ, बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं–आजदेखि नयाँ शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नाराका साथ देशभर शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको हो ।

यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै विद्यालय उमेरका बालबालिकालाई पायक पर्ने नजिकको विद्यालयमा भर्ना गर्न आव्हान गरेका छन् । यस वर्ष समयमै पाठ्यपुस्तकहरू विद्यालयमा पुगिसेकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउनका लागि आव्हान गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज एक प्रेस विज्ञप्तिमा जारी गर्दै हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बिचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन् ।

उनले भनेका छन्,यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ। सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको छ। विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएका छन् । यी प्रयासहरूलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन हाम्रा सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा लिएको छु ।’

यस्ताे छ प्रधानमन्त्री प्रचण्डकाे आव्हान

Image