images

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेस

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदले फरक गठबन्धनबाट दाबी पेस गरेका छन् ।

नागरिक उन्मुक्तिकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् । प्रदेश प्रमुख नजीर मियाँले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरूलाई भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् ।

उनले संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए । नउपाका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेसको १८ र एकीकृत समाजवादीका ४ सांसदको को समर्थनमा दाबी पेस गरेका छन् । भने नाउपाकै कैलाश चौधरीले एमालेका १० र माओवादी केन्द्रका सभामुखसमेत ११ तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेमश चौधरी पक्षका चार सांसदले लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेकी हुन् । उनका पक्षमा २ सांसद छन् ।