images
images

शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक, अध्ययन गरेर मन्त्रालयलाई सुझाव दिन मन्त्री श्रेष्ठको अनुरोध

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छन्।

‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ। यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयनयोग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ,’ मन्त्री श्रेष्ठले भनिन्।

शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्नेछ। यी तथ्याङ्कको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेलमा पठाउन सकिनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS