images

नेपाल एक खेल अगावै एसीसी प्रिमियर कपको सेमिफाइनलमा, हङकङविरुद्ध ८ विकेटले विजयी

काठमाडौं–साबिक विजेता नेपाल एक खेल अगावै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । नेपालले ३ खेलबाट अपराजित रहँदै ६ अङ्क जोडेको छ । ३ खेलबाट १ जितसहित २ अङ्क जोडेको हङकङ भने प्रतियोगिताबाट बाहिरिएको छ । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै, कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । पहिलो विकेटको लागि आशिफ र कुशलले ७० रनको साझेदारी गरेका थिए । कप्तान रोहितकुमार पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहे ।

हङकङका ईशान खान र यासिम मुर्तजाले १र१ विकेट लिए । त्यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १७ ओभर ५ बलमा सबै विकेट गुर्मार ११४ रन बनाएको थियो । हङकङका अन्श्या रथले सर्वाधिक ३४ रन बनाए । २६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

जिशान अलि १४, निजाकत खान १२ र एहसान खान ११ रनमा आउट हुँदा आयुष शुक्ला ६ रनमा अविजित रहे । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले २÷२ लिँदा करण केसीको नाममा १ विकेट रह्यो । नेपालले समूह चरणको अन्तिम खेल बुधवार साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगिताको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउनेछ ।