images

हङकङमा २०२४ को त्रैमासिकमा पर्यटक आगमनमा १.५ गुणा वृद्धि

एजेन्सी– हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा गरेको छ । यो तथ्याङ्कले पर्यटकको सङ्ख्यामा निरन्तर वृद्धि भएको देखाएको बताइएको छ ।
 मार्चमा करिब ३४ लाख पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो । ती मध्ये २.४६ मिलियन भन्दा बढी चिनियाँ मुख्य भूमिबाट थिए । जुन वार्षिक रूपमा २५.४ प्रतिशतले बढेको छ । गैर–मुख्य भूमि भ्रमणहरू ९ लाख ३० हजार नाघेको छ । जुन वार्षिक रूपमा ९२.१ प्रतिशतले बढेको छ ।
पर्यटन बोर्डले मे महिनादेखि चाडपर्व वा ठुला कार्यक्रमको संयोजनमा समुन्द्रमा रमाउने ड्रोन प्रदर्शन गर्ने पनि घोषणा गरेको छ । पहिलो ड्रोन प्रदर्शनले मे ११ मा भिक्टोरिया हार्बरमा रातको आकाश सजाउनेछ । थप आगन्तुकहरूलाई आकर्षित गर्नेछ ।