images

सल्यानमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

काठमाडौं– सल्यानको बागचौरमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दाङबाट घोराहीबाट रुकुम जाँदै गरेको रा।१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ।

बुधवार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ। घाइतेहरूको विवरण आउन बाँकी छ।