images

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौं– ओमनमा जारी एसीसी प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हरायो । वर्षाको कारण ८ ओभरमा छोट्टाएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

साउदी अरेबियाले ८ ओभर खेल्दै ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । साउदी अरेबियाका लागि सर्वाधिक अब्दुल वाहिदले १६ बल खेल्दै ३७ रन बनाए । नेपालका तर्फबाट करन केसी र अविनाश बोहराले समान २ विकेट लिए भने, प्रतिश जिसी ललित कुमार राजवंशीले १ १ विकेट हात पारे ।

नेपालले खराब सुरुवात गर्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमायो भने अर्का ओपनर आसिफ शेख पनि २ रन बनाउँदै पेबेलियन फर्किए । हाड हिटरका रूपमा चिनिएका कुशल मल्ल पनि २ रन बनाउँदै आउट हुन पुगे । दबाबमा परेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले ९ बलमा १७ रन प्रहार गर्दै जित तर्फ उन्मुख बनाएका थिए भने,अलराउण्डर गुल्सन झाले १९ बलमा ३२ रन र कप्तान रोहित कुमार पौडेलले ७ बलमा १६ रनमा अभिजित रहँदै नेपाललाई जित दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपालका भरपर्दा अलराउण्डर गुल्सन झा म्यान अफ दि म्याच घोषित भए ।