images
images

राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत

काठमाडौं– राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन्।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख० बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका हुन्।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

शाक्य सत्तारूढ दल नेकपा एमाले विदेश विभाग सचिव हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS