images

मोटरसाइकले ठक्कर दिँदा धनुषामा एक जना वृद्धको मृत्यु

जनकपुरधाम– धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको छ। पैदल यात्री राम रतन मण्डललाई बिहीबार साँझ प्रदेश ०२–००६ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन्। धनुषाको विदेह नगरपालिका–७ बेलापट्टिका अन्दाजी ६५ वर्षीय पैदल यात्री राम रतन मण्डल छन्।

मण्डलको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । ठक्कर दिएर भागेको मोटरसाइकल विदेह नगरपालिकाको वडा नं ६ स्थित झाडीजस्तो ठाउँमा राति ११ बजे फेला परेको उनले बताए । डिएसपी अवाका अनुसार प्रदेश ०२–००७ प २९४३ नम्बरको ठक्कर दिने उक्त मोटरसाइकल विदेह नगरपालिका ६ का ३० वर्षीय रोहित मण्डलले चलाइरहेको र उनी फरार भएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवाले जनाएका छन् ।