images

गण्डकी प्रदेशको संसद् बहिस्कार गर्ने कांग्रेसको निर्णय

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ । कांग्रेस गण्डकी संसदीय दलको बैठकले संसद् बैठक र कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।

कांग्रेसले बैठकको निर्णयसहित सभामुख कृष्ण धिताललाई ज्ञापन पत्र समेत बुझाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैर संवैधानिक रूपमा काम गरिरहेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

नेता पाण्डेले भने, ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीले गैर संवैधानिक काम गर्नुभएको छ । असंवैधानिक हिसाबले बोलाइएको बैठकमा हामी सहभागी नहुने निर्णय भएको छ । ‘सभामुख ज्युले पनि बैठक सञ्चालन गर्न भएन ।’