images

अनलाइन जुवा खेलाइरहेको अवस्थामा ल्यापटप, मोबाइल सहित १५ जना पक्राउ

नेपालगन्ज–सट्टे वाजी (अनलाइन जुवा) खेलाई रहेको अवस्थामा शनिवार राती नेपालगन्जको धम्बोजीबाट ल्यापटप मोबाइल सहित १५ जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ ।

प्रयास जसो सट्टे बाज अर्थात् अनलाइन जुवाको क्रममा भारतमा आइपिएल क्रिकेट खेल चलिरहेको समयमा शनिवार साँझ अनलाइनबाट सट्टे बाज अर्थात् जुवा खेलाई रहेको समयमा उक्त समूह रंगेहात पक्राऊ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्कीको निर्देशन र अप्रेसन इन्चार्ज प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा खटिगएको प्रहरी टोलीले शनिवार राती १२ः४५ बजे नेपालगन्ज- १ धम्बोजी स्थित अयुव हल्वाईको घरको फ्ल्याट भाडामा लिएर जुवा खेलाउने उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

अनलाइन जुवा खेलाउनका लागि भाडामा लिइएको पक्राउ परेका उक्त १५ जना व्यक्तिबाट अनलाइन जुवा अर्थात् सट्टेवाज खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थाल विभिन्न कम्पनीका स्मार्ट फोनहरू रहेका छन् ।