images

रतुवा माई नगरपालिकाद्वारा राहत सामग्रीमा हिनामिना,स्थानीय आन्दोलित

मोरङ–मोरङको रतुवा माई नगरपालिकाले कोभिड संक्रमणको समयमा राहतस्वरुप आएको खाद्यान्न पालिकाले हिनामिना गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । सो समयमा राहतका लागि पठाइएको खाद्यान्न वितरण नै नगरी अहिले पालिकाले रतुवा खोला किनारमा गाडेको स्थानीयको आरोप छ ।

नगरपालिका घेराउ गर्दै आक्रोशित बनेका स्थानीयले नगर प्रमुखको राजीनामा समेत माग गरेका थिए । सो, क्रममा उनीहरूले कोरोना कालमा आएको सहयोगको तथ्याकं उपलब्ध गराउने माग गर्दै नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । नगरप्रमुख नागेश्वरी प्रसाद सिंह गनगाईले यस विषयमा सर्वदलीय बैठक गरेर छानबिन गरिने जानकारी गराए ।

पालिकाले राहतका लागि पठाइएको मुसुरीको दाल ,चामल ,रासायनिक मल , बिउ बिजन लगायतका सामाग्री तत्कालीन समयमा वितरण नगरी हाल खोला किनारमा लगेर गाडेको स्थानीयको आरोप छ ।