images

जनकपुरको  एक गेस्ट हाउसमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला

 जनकपुरधाम – मधेश प्रदेशको राजधानी जनकपुरको रामानन्दचाेक स्थित  होटेल होलि डे एन्ड गेस्ट हाउसमा एक महिला र पुरुष झुन्डिए अवस्थामा भेटिएका छन् ।
सोमबार बिहान ११ बजे उक्त गेस्ट हाउसको कोठा नम्बर २०५ मा दुबै जना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्पेस समाचारलाई जानकारी दिए ।  कोठा भित्र ती महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान  र  माइती पिपरा नै भएकी महोत्तरीको लोहार पट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा भेटिएका थिए ।
धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवै जना चार दिनदेखि होटेलमा बस्दै आएका थिए । पुरुषको चार र महिलाको १ सन्तान रहेको प्रहरीले जनाएको छ ।
 घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।