images

बेवारिसे अवस्थामा एक नवजात शिशुको शव फेला

जनकपुरधाम – मधेश प्रदेशको राजधानी जनकपुरको रामानन्दचौक स्थित रहेको बागवानी नजिक एक नवजात शिशुको शव फेला परेको छ ।

मङ्गलवार दिउँसो ४ः३० अन्दाजी ३,४ महिनाको नवजात शिशुको शव नालामा भेटिएको हो ।

शिशुको शरीरको केही भागहरू कुकुरले टोकेको अवस्थामा फेला परेको जिल्ला प्रहरीका कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी राजन अवाले जानकारी दिए ।