images

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता किर्ते सम्बन्धी उजुरी 

काठमाडौं–धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता किर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ ।

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक९फरक रहेको जाहेरीमा उल्लेख छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।