images

नेविसंघ प्रवक्तामा सेजुवाल नियुक्त

काठमाडौं– नेपाल विद्यार्थी संघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

महाधिवेशन गर्न नसकेर तदर्थ समितिकारुपमा गठित नेविसंघ वर्तमान केन्द्रीय समितिमा पदाधिकारी छैनन् । अध्यक्ष शेर्पाले सेजुवाललाई केन्द्रीय समितिको प्रवक्ताको जिम्मेवारी तोकेर चिठी दिएका हुन् ।

अधिवक्ता सेजुवालको स्थायी रुपमा जुम्ला हो । लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा देखिएका अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन।

सेजुवाल नेपाल ल क्याम्पसमा नेविसंघ सभापति हुँदै केन्द्रीय समितिमा आएका हुन् । उनले २०७३ सालदेखि गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ कानुनी शिक्षा सुधार अभियानको संयोजकत्व गर्दै आएका छन् ।