images

नेपालले वेस्टइन्डिज ‘ए’सँगको सिरिज गुमायो

काठमाडौं– नेपालले पाँच खेलेको टी–२० सिरिज एक खेल अगावै गुमाएको छ । वेस्ट इन्डिज एसँगको खेलमा नेपाल लगातार तीन खेलमा पराजित भएपछि सिरिज गुमेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले वेस्ट इन्डिज बाट २ सय १० रनको लक्ष्य पाएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेले उत्कृष्ट प्रदर्शन गरे । उनले ४७ बलमा ८२ रनको योगदान दिए ।

अब अर्को खेल आगामी शनिवार हुने छ ।