images
images
images

पहुँचका भरमा माफी मिनाहा हुने परिपाटीको अन्त्य हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने दाबी गरेका छन् ।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे । गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदी बन्दीहरुलाई भने कानुन बमोजिम माफी मिनाहा हुने बताए ।

उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए । कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS