
जनकपुरधाम–लोसपा मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेको मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरेर जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको संसद् सचिवालयले जनाएको छ ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएपछि सांसद शर्मा अहिले फरार छन् । प्रहरी उनलाई खोजी कार्य गरी रहँदा पनि अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकिरहेको छैन ।
हेर्नुहाेस् निलम्वन गरिएकाे पत्र