images

सन्दीपको पेशी जेठ १ गतेलाई तोकियो

काठमाडौं–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा उच्च अदालत पाटनले आगामी जेठ १ गतेका लागि पेसी तोकेको छ । आइतबार सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरेका थिए।

आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृप ध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । सन्दीपको मुद्दालाई लामो समयदेखि अल्झाएको भन्दै राजनीतिकर्मी,कलाकार र खेलाडीका साथै सर्वसाधरणहरुले सामाजिक सञ्जाल मार्फत रोष व्यक्त गरेका छन् । उनको सुनुवाइ स्थगितमा पर्नुले विश्वकप खेल्ने प्रपञ्च गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन् ।