images
images

जसपा मधेस प्रदेशका अधिकांश सांसद उपेन्द्रको पक्षमा

काठमाडौं–वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि जनता समाजवादी पार्टी मधेस प्रदेशका अधिकांश सांसदहरू भने अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएका छन् ।

आइतबार पार्टी विभाजन भएपछि सोमबार जनता समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको बैठकले पार्टी विभाजनको भर्त्सना गरेको हो । मधेस भवनस्थित मुख्यमन्त्रीको निवासमा बसेको बैठकले दल विभाजनको षडयन्त्र गर्ने विरुद्ध भर्त्सना गर्ने लगायतका निर्णय गरेको छ ।

प्रदेश सांसद रामअशिष यादवका अनुसार बैठकले पार्टी फुटको षड्यन्त्र गर्ने विरुद्ध भर्त्सना गर्दै अगामी दिनमा उपेन्द्र यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ ।

जसपाका १९ प्रदेशसभा सदस्यहरूमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शङ्कर साह अनुपस्थित थिए । सरोज सिंह कुशवाहाले आफू अत्यन्त जरुरी काममा बाहिर रहेको बताएका छन् । अन्य दुई जनाको अनुपस्थितिको कारण भने खुलेको छैन । अनुपस्थित उनीहरूलाई निगरानीमा राख्ने बताइएको छ । बैठकले जनमत पार्टीले अवरुद्ध गर्दै आएको संसद् सञ्चालनका लागि वार्ता र संवाद मार्फत अघि बढ्ने निर्णय पनि गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS