images

गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे मन्त्रीमण्डल विस्तार

काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका छन् । अधिकारीले यसअघि आफू पहिलो पटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवै जनालाई दोहो¥याएका छन् ।

कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन् । गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन् । सभामुख कृष्णप्रसाद धितालले ३० मत पाएका मुख्यमन्त्री अधिकारीलाई बहुमत पाएको घोषणा गरेका थिए ।

यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए ।